कृति र प्रभास प्रेम सम्बन्धमा

काठमाडौँ - बलिउड नायिका कृति सेनन आफ्नो प्रेम जीवनको विषयलाई लिएर चर्चामा छिन्। अहिले बाहुबली स्टार प्रभाससँग प्रेम सम्बन्धनमा रहेको चर्चा बलिउडमा छ। यो खबरमा सामाजिक सञ्जाल पनि तताएको छ।

कफि विद करण शो बाट सुरु भएको उनीहरूको प्रेम जीवनको चर्चा अहिले जताततै छ। उक्त शो मा कृतिले प्रभासलाई कल गरेको र बोलेको शैलीले उनीहरूबीच विशेष सम्बन्ध रहेको अड्कलबाजी गरिएको छ।

उनीहरूबीच प्रेम सम्बन्ध रहेको बलिउड लाइफको समाचारमा उल्लेख गरिएको छ। उसले विश्वस्त स्रोत उद्धृत गर्दै दुईबीच एक अर्कालाई लिएर ‘स्ट्रङ्ग फिलिङ्ग्स’ रहेको दाबी गरेको छ। फिल्म ‘आदिपुरुष’को सेटमा यी दुईबीचको बोन्डिङ्ग स्ट्रङ्ग भएको स्रोतले जनाएको छ।

उनीहरू आफ्नो सम्बन्धलाई अहिले नै खुलाउन नचाहेको र विस्तारै अघि बढ्न चाहेको समाचारमा उल्लेख छ। फिल्मको सुटिङ सकिएपछि पनि उनीहरूबीच भइरहेको खास बोन्डिङ्ग रहेको एकअर्काबीच कल र म्यासेज भइरहेको स्रोतको दाबी छ।

स्रोतले भन्यो, ‘फिल्म सकिएपछि कलारकाहरूबीच खासै म्यासेज र फोन कल हुँदैन। तर, यी दुईबीच फिल्म सकिएको लामो समय भइसक्दा पनि यो क्रम जारी नै छ।’

प्रभास कृति अभिनित आदिपुरुष १२ जनवरी २०२३ मा रिलिज हुँदैछ। फिल्म उनीहरूका साथमा सैफ अली खान पनि रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×