अर्जुन घिमिरे ‘पाँडे’ मातृ शोकमा

काठमाडौँ। लोकप्रिय हास्यव्यंग्य कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ मातृ शोकमा परेका छन्। उनकी आमा विमला घिमिरेको शुक्रबार बिहान साढे दुई बजे निधन भएको हो। आमा विमला घिमिरेको निधन ग्रिनसिटी अस्पतालमा भएको हो। यो कुराको जानकारी कलाकार कुमार कट्टेल ‘जिग्री’ले दिएका हुन्।

६८ वर्षीय विमलालाई ९ महिना अघि मस्तिस्कघातको अस्पताल भर्ना गरिएको थियो। उपचारको क्रममा केही अप्रेसन गरियो, अप्रेसनपछि उनी कोमामा पुगेकी थिइन्। उनको अन्त्येष्ठि आजै गरिने परिवार श्रोतले बताएको छ। सामाजिक सञ्जालमा विमलाको निधनप्रति कलाकारहरुले शोक ब्यक्त गरिरहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×