‘राधा’ अमेरिकाको तस्बिर साउथ एसियन फिल्म फेस्टिभलमा छनौट

काठमाडौँ - हलले सो बाँडफाँडमा अन्याय गरेको भन्दै हलबाट उतारिएको ‘राधा’ अमेरिकाको तस्बिर साउथ एसियन फिल्म फेस्टिभलमा छनौट भएको छ।

निर्देशक सुवर्ण थापाले शनिबार बिहान मात्र आफूले फिल्म छनौट भएको जानकारी पाएको बताएका छन्। ११ दिनसम्म चल्ने फेस्टिभल नोभेम्बर ३ मा सुरु भएर १३ सम्म चल्नेछ।

सुवर्णले फिल्म नोभेम्बर ५ तारिखमा प्रदर्शन हुने र प्रदर्शनपछि हुने अन्तक्र्रियामा सहभागी हनु निम्तो आएको जानकारी गराएका छन्। बेपत्ता श्रीमान्को पर्खाइमा रहेकी ‘राधा’ले त्यो क्रममा झेल्नुपर्ने अनेक झन्झटलाई फिल्मले प्रस्तुत गरेको छ।

शीर्ष भूमिकामा सृष्टि श्रेष्ठले त्यो भूमिकालाई जीवन्त तुल्याएको प्रतिक्रिया पाएकी थिइन्। फिल्ममा सौगात मल्ल र खगेन्द्र लामिछानेको पनि महत्वपूर्ण भूमिका रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×