काठमाडौंमा ५ वटा वडाको मत गन्न बाँकी, लौरो २० हजारले अगाडि

काठमाडौं - काठमाडौँ महानगरपालिकामा अब पाँच वटा वडाको मत गन्न बाँकी छ। हालसम्म २७ वटा वडाको अन्तिम परिणाम आएको छ।

यसैबीच काठमाडौंमा हालसम्म एक लाख ६६ हजार मत गणना भएको छ। त्यसमध्ये स्वतन्त्र उम्मेदवार बालेन साहले ५३ हजार ५६० र नेपाली काँग्रेसकी सिर्जना सिंहले ३३ हजार ३९१ मत ल्याएका छन्।

एमालेका केशव स्थापितलाई ३३ हजार ३६५ मत प्राप्त भएको छ। अब वडा नम्बर १३, १४, १५, १६ र १७ को अन्तिम परिणाम आउन बाँकी छ। ती सबै वडाको मतगणना भइरहेको छ। उपमेयरमा एमालेकी सुनिता डंगोलले सबैभन्दा धेरै ५९ हजार ६३६ मत ल्याएकी छिन्। नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १९ हजार ९०६ मत पाएका छन्।

अन्तिम परिणाम आज रातिसम्म आउन सक्ने बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×