काठमाडौँ - फिफा विश्वकप अर्को महिनादेखि सुरु हुँदैछ। कतारमा हुन लागेको विश्वकपमा भारतीय अभिनेत्री नोरा फतेहीले प्रस्तुति दिनेछिन्। नोरा फिफामा भारतको प्रतिनिधित्व गर्ने बलिउड अभिनेत्री हुन्।
अभिनेत्रीले कुन गीतमा प्रस्तुति दिने भन्ने खुलासा गरेकी छिन्। अभिनेत्रीले फिफाका लागि आफ्नो गान ‘लाइट द स्काई’ को भिडियो सेयर गरेकी छिन्। उनी यस गीतमा नाच्दै मात्र नभई गीत गाउँदै पनि देखिएकी छिन्। फिफाले यसको भिडियो आफ्नो युट्युब च्यानल र ट्विटरमा सेयर गरेको छ।
नोरा फतेहीले सामाजिक सञ्जालमा भिडियो पनि सेयर गरेकी छिन्। शकिरा र जेनिफर लोपेज पछि नोरा फतेही फिफा विश्वकपको राष्ट्रिय गीतमा प्रस्तुति दिने भएकी छिन्। नोरा विश्वमा भारत विशेषगरी दक्षिण पूर्व एसियाको प्रतिनिधित्व गर्ने पहिलो बलिउड अभिनेत्री बनेकी छिन्।
नोराले नाच्ने गीतलाई रेडवनले कम्पोज गरेको हो। नोराले फिफाको उद्घाटन समारोह र समापन समारोहमा पनि प्रस्तुति दिनेछिन्। समापन समारोहमा उनी हिन्दी गीतमा नाच्दै देखिनेछिन्। शकिराले सन् २०१० मा ‘वाका–वाका मा पर्फम गरेकी थिइन्।
यो गीत अहिले सम्म युवाहरुमाझ हिट छ। २०१४ मा, जेनिफर लोपेज ब्राजिलमा र्यापर पिटबुलसँग फिफा विश्व कपको गीत ‘वी आर वन’ मा देखा परेका थिए।