‘छक्कापञ्जा ४’को पोस्टर रिलिज

काठमाडौँ - ‘छक्कापञ्जा ४’को अफिसियल पोस्टर सार्वजनिक भएको। निर्माता तथा अभिनेता दीपकराज गिरीले प्रदर्शन मिति उल्लेख भएको पोस्टर सार्वजनिक गरेका हुन्।पोस्टरमा दीपकको राजा चरित्र देख्न सकिन्छ।

हेमराज विसी निर्देशक रहेको फिल्म फागुन १९ गते रिलिज हुँदैछ। निर्मातामा दीपक र दीपाश्री निरौला रहेका छन् भने कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन्।

आमा सरस्वती मूभिज र आइएमइको संयुक्त ब्यानरमा फिल्म निर्माण भएको हो। पोस्टर रिलिज गर्दै पटकथा लेखक समेत रहेका गिरीले शुक्रबारदेखि बाँकी छायांकन हुने जानकारी दिएका छन्।

राजनीतिक र सामाजिक कथावस्तुमा निर्माण भएको हाँस्यप्रधान फिल्ममा बेनिशा हमाल र मलिना जोशीको पनि अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×