परराष्ट्रमन्त्री र चिनीयाँ समकक्षी वाङ यीबीच बेइजिङमा भेटवार्ता

काठमाडौं । चीनको साताव्यापी भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र समकक्षी वाङ यीबीच बेइजिङमा मंगलबार भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका विदेशमन्त्री वाङबीच मंगलबार भएको भेटमा द्विपक्षीय सम्बन्धको समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त भेटका क्रममा दुई छिमेकीबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा दुवै नेताले प्रतिबद्धता जनाएका मन्त्रालयले उल्लेख गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपालमा चीनले अघि बढाएका परियोजना कार्यान्वयनलाई द्रुत रूपमा अघि बढाउने विषयमा पनि छलफल भएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×