काठमाडौँ - गुडिरहेको ट्र्याक्टरबाट खसेर जुम्लामा एकजना युवकको मृत्यु भएको छ।
मृत्युहुनेमा चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सिंजा गाउँपालिकाको नराकोटमा ट्र्याक्टरबाट खसेर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।