‘प्रसाद २’मा भित्रिए अभिनेता राज कटुवाल

काठमाडौँ - अभिनेता तथा चलचित्र विकास बोर्ड सदस्य राज कटुवाल ‘प्रसाद २’मा अनुबन्धित भएका छन्। राजले आफू फिल्म भित्र महत्वपूर्ण भूमिकामा लागि अनुबन्धित भएको जनाएका छन्। 

‘मैले गर्न लागेको भूमिका एकदमै रोचक छ। फिल्मलाई लिएर उत्साहित छु,’राजले फिल्म गर्न लागेको पुष्टि गर्दै भने। सुदर्शन थापाले निर्देशन गर्ने फिल्मका लागि यसअघि नै विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा अनुबन्धित भइसकेका छन्। पूर्व सम्झौता गरेका निश्चल बस्नेतले अन्तिम समयमा आएर फिल्म नगर्ने भएपछि निर्माण टिमले अर्पण थापालाई अनुबन्ध गरेको थियो।

‘प्रसाद’को सिक्वेलको रुपमा बन्न लागेको फिल्मलाई सुशील पौडेलले लेखेका हुन्। फिल्मको सुटिङ यही हप्ताबाट पोखरामा सुरु गर्ने निर्माण टिमले जनाएको छ। 

राजले यसअघि ‘लीला’ र ‘लाल्टिन’ जस्ता फिल्ममा काम गरिसकेका छन्। राजले यो बाहेक सुदर्शन थापालाई नै लिएर ‘राजा’ नाममा फिल्म बनाउने घोषणा गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×