"प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगलगायतका सबै विषय सकिए, भोलिदेखि नै उहाँ बेञ्च बस्नुपर्छ", कोषाध्यक्ष पोखरेल (भिडियो सहित)

काठमाडौँ । नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रुद्र पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग वा राजीनामाको विषय अब समाप्त भएको भन्दै भोलिदेखि नै प्रधानन्यायाधीश बेञ्च बस्न सुरु गर्ने बताएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानन्यायाधीश जबरालाई तुरुन्तै न्याय सेवा आयोगको बैठक बोलाउनसमेत आग्रह गरेका छन् । कर्मचारीको वृद्धिविकास रोक्न नहुने उनको भनाई छ । उनले प्रधानन्यायाधीश जबराले प्रशासनिक क्रियाकलाप बढाउनुपर्ने पनि बताए । र, तुरुन्तै संवैधानिक इजलास पनि गठन गरेर सुनुवाई सुरु गर्नुपर्ने पोखरेलको भनाई छ ।

उनले प्रधानन्यायाधीश जबरालाई काम गर्न नदिने भन्ने कुरै नहुने पनि तर्क गरे ।

साभार : रिपोर्टर्स नेपाल

भिडियो

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×