लिक्वुइडमा सलोन र आमेशको लाइभ म्युजिक

काठमाडौँ - आगामी कार्तिक ६ गते साँझ दरबारमार्गस्थित ‘लिक्कुइड लन्ज’मा तिहार विशेष कार्यक्रम आयोजना गरिने भएको छ। ‘लिक्कुइड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक’ नाम दिइएको कार्यक्रममा अभिनेता सलोन बस्नेत र आमेश भण्डारीले गीत गाएर दर्शक झुमाउने छन्।

बिहीवार राजधानीमा पत्रकार सम्मेलनकोे आयोजना गर्दै तिहार विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिइएको छ। उक्त कार्यक्रममा सलोनका अलवा एफटी लिक्कुइड ब्याण्डले पनि आफ्नो प्रस्तुति दिनेछ। पत्रकार सम्मेलनमा शोभित बस्नेतका साथमा सलोन, आमेष र ब्याण्डका सदस्य उपस्थित थिए।

सलोन र आमेषले तिहार हंगामामा आफूहरूलाई धेरै भन्दा धेरै दर्शकको साथ मिल्ने विश्वास व्यक्त गरेका छन्। आफूहरू अहिले गायनको अभ्यास गरिरहेको भन्दै पत्रकार सम्मेलनमा नै गीत गाएर सुनाएका थिए। कार्यक्रम आयोजक सञ्जीव लामाले राति ९ बजेबाट आयोजना हुने कार्यक्रम निकै रमाइलो र भव्य हुने जानकारी दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×