हिमानीले राजेन्द्र लिङ्देनलाई दिएको बधाई प्रति कमल थापाको कटाक्ष

काठमाडौँ । हालसालै सम्पन्न एमाले अधिवेशनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई पूर्व युवाराज्ञी हिमानी शाहले दिएको बधाई प्रति अध्यक्षमा पराजीत कमल थापाले कटाक्ष गरेका छन् । थापाले आज बिहानै फेसबुकमार्फत पूर्वराजा ज्ञानेन्द्र शाहप्रति समेत आक्रोश पोखेका थिए ।
समाजीक संजाल ट्वीटरमार्फत पूर्वयुवराज्ञी शाहले राजेन्द्र लिङ्देनलाई बधाई दिएका हुन् । उनले लेखेकी छिन्, 'अवसरबाद, नाताबाद, कृपाबादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रबादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!! राजेन्द्र लिङ्देनको जित सङ्गै मुलुकले मुलुकले आज सच्चा राष्ट्रबादी नेता पाउन सफल भएको छ !!!'
हिमानीको यस ट्वीटमा प्रतिकृया जनाउँदै कमल थापाले उनी प्रति कटाक्ष गर्दै अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानीलाई पनि हार्दिक बधाई तथा शुभकामना लेखेका छन् ।
यसरी कमल थापाले बारम्बार पूर्वराजपरिवारमाथि देखाएको आक्रोशले नेपाली राजनीति विज्ञहरु बिच बहसको विषय खडा गरेको छ ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×