काठमाडौँ - म्यान्चेस्टर सिटीले एमिलियो लरेन्सलाई मिडफिल्डरमा अनुबन्धन गरेको छ। एभर्टनका लागि खेल्दै गरेका १७ वर्षे युवा मिडफिल्डर लरेन्सलाई सिटीले अनुबन्धन गरेको हो।
अनुबन्धनको रकम भने सार्वजनिक गरिएको छैन। लरेन्सलाई अनुबन्धन गर्न इङ्लिस प्रिमियर लिगका विभिन्न क्लबहरू अघि सरे पनि उनको रोजाइमा सिटी परेको हो। गत सिजन लरेन्सले स्कटल्यान्डका यू-२३ टोलीका लागि डेब्यु गरेका थिए। सोहि प्रदर्शनका कारण लरेन्स सिटीको नजरमा पर्न सफल भए।
उनले यू-१८ टोलीको तर्फबाट १८ खेलमा ९ गोल गर्न सफल भएका थिए।