काठमाडौँ। शैक्षिक सत्र २०७८-७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले रजिष्ट्रेसन आवेदन फाराम खुलाएको छ। परीक्षा नियन्त्रकद्वारा जारी सूचनामा आगामी पुस २१ गतेसम्म आवेदन फारामबापतको रकम बुझाइ सक्नुपर्ने उल्लेख छ।
बोर्डले ४ सय फाराम शुल्क तोकेको छ। दोब्बर शुल्क तिरेर पुस मसान्तसम्म फराम बुझाउन सक्ने जनाइएको छ। बोर्डको सम्बन्धित कार्यालयमा विद्यालयले माघ ७ भित्र बैंक भौचर र रजिष्ट्रेसन बुझाइ सक्नुपर्ने सूचनामा उल्लेख छ।
हेर्नोस् सुचना:
.jpg)