सहमतिमा उम्मेदवार टुंगो नलागे कांग्रेसले बहुमतका आधारमा टुंगो लगाउने

काठमाडौँ - नेपाली कांग्रेसले निर्वाचनका लागि उम्मेदवार सहमतिमा चयन गर्ने प्रयास गरिरहेको छ। 

केन्द्रीय सभापतिको नेतृत्वमा रहेको संसदीय समितिले सहमतिका आधारमा उम्मेदवारको अन्तिम नामको टुंगो लगाउने प्रयास गरिरहेको भएपनि सहमति बन्न नसके अर्को विकल्प रोज्नुपर्ने जनाएको हो। उम्मेदवार चयन सहमतिमा हुन नसके बहुमतका आधारमा टुंगो लगाउने व्यवस्था कांग्रेसले गरेको छ। केन्द्रीय संसदीय समितिमा सभापति र महामन्त्री स्वतः सदस्य हुनेछन्। अन्य पदाधिकारी पदेन सदस्य हुने व्यवस्था छ। केन्द्रीय सदस्यबाट सभापतिले बढीमा ११ जनालाई संसदीय समितिमा मनोनीत गर्ने व्यवस्था छ।

स्थानीय तहको उम्मेदवार टुंगो लगाउँदा सम्बन्धित प्रदेशको सभापतिलाई बैठकमा बोलाउनुपर्ने कांग्रेस विधानको व्यवस्था रहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×