काठमाडौँ - नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज युगाण्डासँग दोस्रो टि–२० सिरिजको दोस्रो खेल खेल्दैछ। खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा दिउँसो १ बजे हुनेछ।
नेपाल आजको खेल जित्दै पहिलो खेलमा युगाण्डासँग भएको पराजयको बदला लिन चाहन्छ। सोमबार भएको खेलमा युगाण्डाले नेपाललाई १२ रनले हराएको थियो। नेपालले घरेलु मैदानमा पहिलो पटक सिरिज खेलिरहेको छ। ५ खेलको सिरिजमा युगाण्डा १–० ले अघि रहेकाे छ।