काठमाडौँ - भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हराएको छ। बिहीबार राति वर्षा भएपछी खेल ४० ओभरमा झारिएको थियो जितसंगै ३ खेलको शृंखलामा दक्षिण अफ़्रिकाले १-० को अग्रता बनाएको छ।
२ सय ५० रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रनमा समेटियो। भारतका सन्जु सामसनले अविजित ८६ रन बनाएका थिए। श्रेयस आयरले ५० रनको योगदान गरे। दक्षिण अफ्रीकाका लुंगी एनजीडीले ३ विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ४० ओभरमा ४ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो। दक्षिण अफ्रीकाका डेभिड मिलरले अविजित ७५ रन बनाएका थिए। हेनरिक क्लासेनले अविजित ७४ रनको योगदान गरेका थिए। भारतका सार्दुल ठाकुरले २ विकेट लिएका थिए।