काठमाडौँ। ‘ओस्कार अवार्ड’ विजेता चलचित्र ‘पारासाइट’की अभिनेत्री पार्क सो डेमलाई क्यान्सर भएको छ। खबरका अनुसार उनको परिवारले उनलाई पेपिलरी थाइराइड क्यान्सर भएको जानकारी दिएको छ। हाल सर्जरी गराएर उनी ठिक भइरहेकी छिन्। नियमित स्वास्थ्य परीक्षणका क्रममा क्यान्सर रहेको पत्ता लागेको र डाक्टरको सल्लाह अनुसार उनले सर्जरी गरेको जानकारी पार्कको तर्फबाट जारी आधिकारिक विज्ञप्तीबाट दिइएको हो। सोहि कारणले उनी आउँदो चलचित्र ‘स्पेशल डिलीवरी’को प्रचारमा जान पाएकी छैनन्। तर, चलचित्रको प्रिमियरमा उपस्थित हुने उनले जनाएकी छिन्। चलचित्र जनवरी १२, २०२२बाट प्रदर्शनमा आउनेछ।