ओमानविरुद्धको खेलमा नेपाल फिल्डिङ गर्दै

काठमाडौँ - आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको ओमानविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ। 

ओमानको अल अमेरेत क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। लामिछानेका लागि कप्तान भएपछिको यो पहिलो खेल हो। नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्दैछ। नेपालले ओमानसँग टी–२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो। त्यतिबेला ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।

 आइसिसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो। सिरिजमा आयोजक ओमानसहित, नेपाल, आयरल्यान्ड र युएई सहभागी छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×