काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त भएका छन्। प्रधानमन्त्री देउवाले परियारलाई प्रेस प्रमुखमा नियुक्त गरेको उनको सचिवालयले जनाएको छ।
परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री रहेका बेला प्रेस संयोजक भएर काम गरेका थिए। गत असारमा पाँच दलीय गठबन्धनको सरकार गठन भएपछिदेखि नै परियारले प्रधानमन्त्री देउवाको प्रेस सहयोगीका रुपमा काम गर्दै आएका थिए।