आयुर्वेद औषधालयमा बिरामीको चासो र विश्वास बढ्दै

काठमाडौँ - पूर्वजहरूले प्रयोग गर्दै आएको आयुर्वेद अहिलेको पुस्तासम्म आइपुग्दा प्रयोगमा निकै कमी आएको छ। अस्पताल स्थापनाभन्दा पहिले सञ्चालनमा आएका अधिक आयुर्वेद औषधालय वर्षौँदेखि प्रयोगविहीन अवस्थामा पुगेका छन्। कोरोना महामारी भन्दा पहिला नगन्य मात्रामा बिरामी आउने आयुर्वेद औषधालयमा अहिले बिरामीको चासो र विश्वास बढ्न थालेको छ।

बागलुङको कूल जनसङ्ख्याको १० प्रतिशतले मात्रै आयुर्वेदको माध्यमबाट उपचार गराउँदै आएकामा अहिले यसको सङ्ख्या क्रमशः बढ्दै गएको छ। हजुरबुवा–हजुरआमाको पालामा प्रशस्त प्रयोग गरिएको औषधिको कोरोनाकै कारण पुनः खोजी र प्रयोग गर्ने क्रम बढेको हो। कोरोनाकालअघिसम्म फुर्सदिला देखिने औषधालयका कर्मचारी अहिले व्यस्त छन्।

आफैँ औषधि उत्पादनदेखि विद्यार्थीलाई योग प्रशिक्षण तथा आयुर्वेद शिक्षाका आयुर्वेद औषधालयका कर्मचारी व्यस्त भएको देखिन्छन्। नागरिकहरुमा पनि आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो। तर पछिल्लो दुई वर्षयता आयुर्वेदप्रति नागरिकको भरोसा बढ्दै गएको छ। कोरोनाकालमा गुमनाम भएको आयुर्वेद औषधि बेसार, गुर्जो, असुरो र अश्वगन्धालगायत चर्चामा रहे।  

सक्रिय सङ्क्रमितको समयमा कोरोनाको औषधिका रूपमा धेरैले आयुर्वेद औषधिको प्रयोगमात्रै गरेनन्, औषधिको प्रयोगले कोरोना जितेको अनुभव छ बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनको “बाजे, हजुरबुवा, आमाले आयुर्वेद औषधिमा भर परेको हामीलाई थाहा थियो तर, हामीले अहिले विश्वास गरेका थिएनौँ”, उनले भने, “आफैँलाई कोरोना लागेपछि आयुर्वेदको प्रयोग गरियो, अहिले आयुर्वेदले विश्वास जित्दै गएको छ।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×