फाइनलमा पाकिस्तान र भारत पुगुनः अस्ट्रेलियाका पूर्व अलराउन्डर वाट्सन

काठमाडौँ - अस्ट्रेलियाका पूर्व अलराउन्डर सेन वाट्सनले जारी आईसीसी टी-२० विश्वकपको फाइनलमा भारत र पाकिस्तानलाई हेर्न चाहेको बताएका छन्।

‘सबैले भारत र पाकिस्तानलाई फाइनलमा भिडेको हेर्न चाहन्छन्’, हाल विश्वकपमा कमेन्ट्री गरिरहेका वाट्सनको भनाई उद्धृत गर्दै प्रतियोगिताको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ। सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्ड र भारतले इङ्ल्यान्डसँग खेल्दैछ।

सुपर-१२ मा सुरुका २ खेल हारेको पाकिस्तान त्यसपछिका बाँकी ३ खेल जित्दै, अन्य नाटकीय नतिजाको भरमा सेमिफाइनल पुगेको हो। भारत र पाकिस्तान विश्व क्रिकेटका २ चिरपरिचित प्रतिद्वन्द्वी हुन्।

सन् २००७ मा आयोजित पहिलो टी-२० विश्वकपको फाइनलमा पनि भारत र पाकिस्तान भिडेका थिए। त्यति बेला पाकिस्तानलाई हराएर भारतले उपाधि जितेको थियो।

सुपर-१२ मा भारतले पाकिस्तानमाथि नाटकीय जित हात पारेको र कमेन्ट्रीका कारण आफूले प्रत्यक्ष रुपमा हेर्न नपाएको समेत वाट्सनले उल्लेख गरेका छन्। ”मानिसहरु भारत र पाकिस्तान फेरी भिडेको हेर्न चाहन्छन्’, वाट्सनले भनेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×