काठमाडौँ - टम क्रुजको नयाँ हलिउड फिल्म ‘टपगनः माभेरिक’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा क्रुजलाई चर्चित पात्र क्याप्टेन पिटीको भूमिकामा देख्न सकिन्छ।
सन् १९८६ को हिट फिल्म ‘टपगन’को सिक्वेल रहेको यो फिल्मलाई प्यारामाउन्ट पिक्चर्सले सार्वजनिक गर्न लागेको हो । यस फिल्ममा क्रुजसहित जेनिफर कोनेली, लेविस पुलम्यान, चाल्र्स पार्नेल लगायतको अभिनय देख्न सकिन्छ। नेपालमा यस फिल्म आगामी मे २७ (जेठ १३) गते सार्वजनिक गर्ने तयारी रहेको छ।
हेर्नुहोस् ट्रेलर: