काठमाडौँ - पछिल्लो २४ घण्टामा २७५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ६२८ जनाको स्वाब परीक्षण गर्दा २७५ जनामा कोभिड संक्रमण भएको पाइएको हो।
पछिल्लो २४ घण्टामा ५५५ जना कोभिड संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ।
हाल ९ हजार २८० सक्रिय सङ्क्रमित छन्।