ढाका फिल्म फेस्टिबलमा वृत्तचित्र ‘गोरु पर्व’ छनोट

काठमाडौँ - विश्वमै प्रतिष्ठित मानिने ढाकामा गरिने ‘ढाका फिल्म फेस्टिबल’ मा वृत्तचित्र ‘गोरु पर्व’ छनोट भएको छ। बंगलादेशको ढाकामा सन् २०२३, जनवरी १४ देखि २२ सम्म हुने फेस्टिबलमा पुरु लम्सालको लेखन तथा निर्देशनमा निर्माण गरिएको उक्त वृत्तचित्र छनोट भएको हो। सोबारे लेखक तथा निर्देशक लम्सालले जानकारी दिएका हुन्।

नुवाकोटको तारुकामा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा गोरु जुधाइने परम्परामै आधारित भएर वृत्तचित्र निर्माण गरिएको लम्सालले बताएका छन्। उनका अनुसार वृत्तचित्रमा गोरु जुधाइ परम्परासँगै सामाजिक, आर्थिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय पाटोसमेत समेटिएका छन्।

गत अक्टोबरमा थाइल्यान्डको राजधानी बैंककमा आयोजित ‘थाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल’ मा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको वृत्तचित्र यसअघि ‘साउथ एसियन फिल्म फेस्टिबल’, ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल म्यानहटन अमेरिका’ लगायत महोत्सवमा छनोट भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×