आईपीएलमा आज गुजरात टाइटान्स र सनराइर्जस हैदरावादबीच खेल

काठमाडौँ- इन्डियन प्रिमियर लिग आईपीएल टि–ट्वान्टी क्रिकेटमा आज गुजरात टाइटान्स र सनराइर्जस हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ।  वानखडे स्टेडियममा बेलुकी पौने ८ बजेबाट खेल शुरु हुनेछ। 

सात खेल खेलेकोमा ६ मा जित र एकमामा हार व्यहोरेर गुजरात १२ अंकसहित दोस्रो स्थानमा छ। यस्तै हैदरावादले ७ खेलमध्ये ५ मा जित र २ मा हारे व्यहोरेको छ। अंकतालिकामा हैदरावाद १० अंक बनाएर तेस्रो स्थानमा रहेको छ। 

आईपीएल टि–ट्वान्टी क्रिकेटमा गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गर्दै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×