रास्वपामा पुनर्गठनको माग : अर्ली महाधिवेशन वा विस्तारित बैठकको प्रस्ताव

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र राजनीतिक, सांगठानिक र वैचारिक पुनर्गठनको आवाज उठेको छ। मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकमा नेताहरू सन्तोष परियार, पुकार बम, गणेश कार्कीलगायतले पार्टी पुनर्गठनलाई अनिवार्य भन्दै अर्ली महाधिवेशन वा विस्तारित बैठक बोलाउनुपर्ने प्रस्ताव राखेका छन्।

नेता परियारले पार्टीमा रूपान्तरण आवश्यक रहेको भन्दै दुई विकल्प अगाडि सारे — पहिलो, मङ्सिरमा अर्ली महाधिवेशन गर्ने; दोस्रो, महाधिवेशन नगरे विस्तारित बैठक बोलाउने। उनका अनुसार विस्तारित बैठकले सचिवालयदेखि कार्यविभाजनसम्म हेरफेर गर्न सक्ने र फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि तयारी गर्न सहज हुने बताइएको छ।

परियारले रास्वपाले छरिएर रहेका वैकल्पिक शक्तिहरूलाई समेत एकीकृत गर्ने जिम्मेवारी लिनुपर्ने धारणा राखे। बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले हालको सरकारलाई संविधानभन्दा बाहिर गएर बनेको भन्दै आलोचना गर्दै, भदौ २३–२४ को जेनजी आन्दोलनलगायतका घटनाले मुलुक नयाँ ढाँचामा अघि बढेकाले सोअनुरूप रणनीति बनाउनुपर्ने बताएका छन्।

बैठकमा बाँकी सदस्यहरूले पनि आ-आफ्ना धारणा राखेका छन् भने प्रवक्ता मनिष झालका अनुसार बैठक आज सकिनेछ।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×