'रकी एण्ड रानी की प्रेम कहानी'को प्रदर्शन मिति घोषणा गरियो

भारत। करण जोहरको चलचित्र 'रकी एण्ड रानी की प्रेम कहानी'को प्रदर्शन मिति घोषणा गरिएको छ। रणवीर सिंह र आलिया भट्ट अभिनित चलचित्र २०२३को फेब्रुअरी १०बाट प्रदर्शनमा आउनेछ। करण जोहरले सामाजिक सञ्जालको माध्यमबाट यो कुराको जानकारी दिएका हुन्। उनले लेखेका छन् "७ वर्ष पछी मलाई यहाँ आएर यो घोषणा गर्न पाउँदा खुशी मिलेको छ कि मेरो आउँदो चलचित्र 'रकी एण्ड रानी की प्रेम कहानी' पारिवारिक मुल्यमा आधारित प्रेम कहानी हुनेछ।" चलचित्र १० फेब्रुअरी २०२३मा रिलिज हुनेछ।  अहिले चलचित्रको छायांकन भइरहेको छ। चलचित्रमा धर्मेन्द्र र शबाना आजमी पनि मुख्य भूमिकामा देखिनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×