काठमाडौँ। आज विश्वभर ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। नेपालमा ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। महिला दिवसको अवसरमा सामाजिक सञ्जालमा बिभिन्न किसिमका पोस्ट गर्दै मान्छेहरूले शुभकामना दिइरहेका छन्। नेपाली चलचित्रकी अभिनेत्री रेखा थापाले पनि यो अवसरमा शुभकामना दिएकी छिन्। उनले सामाजिक सञ्जाल मार्फत शुभकामना दिएकी हुन्।
उनले सञ्जालमा एक तस्विर शेयर गर्दै लेखेकी छिन् " पुरुषको बिरुद्द होइन, पुरुषलाई पनि पिडा छ, पुरुषहरुले पाएको दु:ख घटाऊन त्यो घर भित्र एउटा योद्दा छोरी जन्मिनु पर्छ भन्ने मान्दछु। कमजोर महिलाको पती, बुवा, भाई वा प्रेमी- सबै कमजोर बन्न पुग्दछन। ११२औँ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको शुभकामना।"