नेमान्जा माटिच रोमामा अनुबन्ध

काठमाडौँ - इटालियन सिरी ‘ए’ क्लब एएस रोमाले सर्वियन मिडफिल्डर नेमान्जा माटिचलाई क्लबमा अनुबन्ध गरेको छ। रोमाले माटिचलाई इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडबाट फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो।

माटिचले सिजनको अन्त्यसँगै युनाईटेड छाडेका थिए। सर्बियन मिडफिल्डर माटिचले रोमासँग एक वर्षको लागि सम्झौता गरेका हुन्। उनि २०२३ को जुन ३० सम्म रोमामा रहने छन्। माटिच २०१७ मा चेल्सीबाट युनाईटेड आएका थिए। माटिचले युनाईटेडका लागि १ सय ८३ खेल खेलेका छन्।

रोमाका प्रशिक्षक जोसे मौरिन्होले माटिचलाइ तेस्रोपटक अनुबन्ध गरेका हुन्। मौरिन्होले आफु चेल्सीमा रहँदा माटिचलाई पहिलोपटक क्लबमा अनुबन्ध गरेका थिए। त्यसपछि उनी म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बनेसँगै माटिचलाई म्यानचेस्टर युनाइटेडमा पनि अनुबन्ध गरेका थिए। र यसपटक रोमामा रहँदा पनि मौरिन्होले उनलाई अनुबन्ध गरेका छन्।

माटिचले युनाइटेडमा ५ सिजन बिताउँदा १८९ खेलमा ४ गोल गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×