सामन्थासँग छुट्टिएपछी खुशी छन् नागा चैतन्य

भारत। दक्षिण भारतीय चलचित्रका अभिनेता नागा चैतन्य र उनकी पत्नी अभिनेत्री पत्नी सामन्था रुथ प्रभुले अघिल्लो वर्ष सम्बन्धविच्छेद गरेका हुन्। यो जोडीलाई मनपराउने प्रशंसकहरु यो कुराले दुःखी बनेका छन्। उनीहरु के कारणले छुट्टिए भन्ने कुरा आधिकारिक रूपमा अहिलेसम्म खुल्न सकेको छैन।

नागाले भर्खरै सञ्चारमाध्यमलाई सम्बन्धविच्छेदका बारेमा बताएका छन्। सामान्थासँग छुटिएपछी उनले आफू खुशी भएको बताएका छन्।उनले भने "कुनै जोडी अलग्गिनु ठूलो कुरा होइन। हामी दुवैले मिलेर यो निर्णय लिएका हौं। यदि उनी यो फैसलामा खुशी छिन् भने म पनि खुशी छु। हामीले जुन अवस्थामा अलग्गिने निर्णय लियौं, त्यो सही थियो। त्यो समयमा त्यहीमात्र अन्तिम विकल्प थियो।" सामान्थासँग छुट्टिएपछी नागा निरास भएको हुनसक्ने अड्कल धेरैले गरेका थिए तर उनको यो भनाई आएपछि प्रशंसकहरु छक्क परेका छन्। चार वर्षअघिको वैवाहिक सम्बन्ध गतवर्षको अक्टोबर २ मा टुंग्याएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×