मस्कले ट्वीटर किनेपछि ब्राजिलका राष्ट्रपति बोल्सोनारो खुसी

काठमाडाैँ - ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले अर्बपति इलोन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गरेकोमा खुसी व्यक्त गरेका छन्। शुक्रबार उनले मस्कले ट्वीटर खरिद गर्नु आशाको किरण भएको बताएका हुन्। 

पछिल्लो समय रेन फरेस्टको जंगलमा व्यापक मात्रामा मासिएको भन्दै भन्दै वातावरण विदहरुले चिन्ता व्यक्त गर्दै आएका छन्। 

बोल्सोनारोले मस्कले आफ्नो ब्राजिल भ्रमणको क्रममा ब्राजिललले कसरी रेनफरेस्ट घना जंगलको रक्षा गरिरहेको छ भनेर देखाउने विश्वाससमेत व्यक्त गरेका छन्। यसअघि कोरोना महामारीको विषयमा पनि भ्रामक सूचनाहरु प्रकाशित गरेको आरोपमा ट्वीटरले बोल्सोनारोलाई प्रतिबन्धसमेत लगाएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×