काठमाडौं । ललितपुर महानगरपालिका–७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।
ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा उनी शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी थिइन् ।
गोदावरी नगरपालिका–८ डुकुछाप घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २६ वर्षीय सन्दिप बिकसहित उनी बिहीबार राति नौ बजे गेस्ट हाउसमा पुगेकी थिइन् ।
प्रहरीका अनुसार युवतीसँगै रहेका युवकको पनि श्वास प्रश्वासमा समस्या आएको बताएपछि प्रहरीको निगरानीमा बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ ।
ललितपुर प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिए पनि उपचारकै क्रममा युवतीको मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।