१३ वर्षपछि पनि विश्व बक्स अफिसमा ‘अवतार’को रेकर्ड, ३० मिलियन डलरको ओपनिङ

काठमाडौँ - ‘अवतार’ सिनेमा घरमा आएको १३ वर्षपछि पनि दर्शक पाण्डोरा ग्रहको आकर्षणबाट अझै चकित छन्। पुस १ गते संसारभर रिलिज हुने दोस्रो श्रृंखला ‘अवतार : द वे अफ वाटर’अघि डिज्नेले जेम्स क्यामरुन निर्देशित साइन्स फिक्सनलाई पुनः रिलिज गरेको थियो।

नेपाली हलमा फिल्मले २ दिनमा झण्डै २० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। पहिलो सप्ताहन्तमा फिल्मले उत्तर अमेरिकी बक्स अफिसमा १० मिलियन डलर र अन्तर्राष्ट्रिय बजारमा २०.५ मिलियन डलर कमाएको छ। पहिलो सप्ताहन्त फिल्मले ३० मिलियन डलरको ओपनिङ गरेको छ।

सन् २००९ मा रिलिज भएको फिल्मले सर्वाधिक कमाउने फिल्मको कीर्तिमान राखेको छ। जसलाई अहिलेसम्म कुनै पनि फिल्मले उछिन्न सकेका छैनन्। रि-रिलिजको कमाइ पनि थपिएर अवतारको कुल कमाइ २.८५ बिलियन डलर पुगेको छ। पुनः प्रदर्शनले फिल्मको कमाइलाई अझै विस्तार गरेको छ।

‘हामीले १३ वर्ष पुरानो फिल्मको कुरा गरिरहेका छौं, जसलाई मानिसले आफ्नै घरमा हेर्न सक्छन्’ कमस्कोरका वरिष्ठ मिडिया अधिकृत पौल डेग्राबेडियन भन्छन्, ‘अवतारले हामीलाई पाण्डोराको दृश्य कति मिजासिलो र आकर्षक छ भन्ने कुराको पुनः बोध गराउँछ।’

उत्तर अमेरिकामा चाहिं अवतार अन्य २ फिल्मभन्दा पछि छ। ‘डन्ट वरी डार्लिङ’ १९.२ मिलियन डलर र भायोला डेभिस स्टारर ‘द वुमन किङ’ ११ मिलियन डलरसहित पहिलो र दोस्रो स्थानमा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×