फिल्म ‘राधा’ को टिजर सार्वजनिक

काठमाडौँ - सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ को टिजर सार्वजनिक भएको छ।

ओएसआर डिजिटलले टिजर सार्वजनिक गरेको हो। साढे २ मीनेटको टिजरमा फिल्मको विषयवस्तु देखाइएको छ।

टिजरमा श्रीमान् बाहिर हुँदा श्रीमतीले पाएको दुःखकष्टबारे विश्लेषण गर्न खोजिएको छ। आगामी भाद्र १० गतेदेखि नेपालभरका सिनेमाघरमा ‘राधा’ प्रदर्शन हुनेछ। माना प्रोडक्सन र बिरञ्जना इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो।

निकुन श्रेष्ठ,फिरोज खड्का कार्यकारी निर्माता रहेको फिल्मको निर्माता भने सौगात मल्ल,देवकी विष्ट र विक्रमदास जोशी हुन्। सुवर्ण थापा आफैंले फिल्मको कथा लेखेका छन्। निमेश श्रेष्ठको सम्पादन रहेको फिल्ममा कालीप्रसाद देवकोटाको संगीत रहेको छ। सज्जा चौलागाईं, स्वस्तिका ढकाल र झुमा लिम्बुले गीत गाएका छन्।

फिल्ममा  सुष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने,मेनुका प्रधान,दिव्या देव, लोकेन्द्र लेखक,बुध्दि तामाङ,पशुपति राई, निश्चल बस्नेत,दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×