बेलको गोलमा लस एन्जलसको जित

काठमाडौँ - सब्सिच्युट फरवार्ड ग्यारेथ बेलको गोल सहयोगमा लस एन्जलस फुटबल क्लब (एलएएफसी) ले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा सहज जित दर्ता गरेको हो।

शीर्षस्थानमा रहेको लस एन्जलसले स्पोर्टिङ कान्सास सिटीलाई २-० ले पराजित गरेको हो। लस एन्जलसको जितमा बेलसँगै क्रिष्टियन एरानगोले गोल गरेका थिए।

चिल्ड्रेन्स मर्सी पार्क कान्सास सिटीमा आइतबार बिहान भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा लस एन्जलसले दोस्रो हाफमा २ गोल गर्दै जित निकाल्न सफल भयो।

५६औं मिनेटमा क्रिष्टियनले क्वाडवो ओपोकुको पासमा गोल गर्दै लस एन्जलसलाई १-० को अग्रा दिलाए। ८२औं मिनेटमा सब्सिच्युट फरवार्ड बेलले गोल गर्दै लस एन्जलसको जित पक्का गरेका हुन्। ६५औं मिनेटमा क्वाडवो ओपोकुको स्थानमा मैदान छिरेका बेलले क्रिष्टियनको पासमा गोल गर्न सफल भएका थिए। एमएलएसमा उनको यो पहिलो गोल हो।

यो जितसँगै शीर्षस्थानमा रहेको लस एन्जलसको २१ खेलबाट ४५ अंक पुगेको छ। लस एन्जलसले दोस्रो स्थानको अस्टिन एफसीलाई ४ अंकले पछि पारेको छ। पराजित स्पोर्टिङ कान्सास सिटी २३ खेलबाट २० अंक जोडेर पुछारमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×