भारत l बलिउड चलचित्र ‘विक्रम वेधा’को पहिलो झलक सार्वजनिक गरिएको छ l बलिउड अभिनेता ऋतिक रोशनको जन्मदिनको उपलक्ष्यमा निर्माण पक्षले चलचित्रको पहिलो झलक सार्वजनिक गरेको हो l पोस्टरमा ऋतिक कालो चस्मा सहित कालो रङको सर्टमा देखिएका छन् l
निर्देशक पुष्कर र गायत्रीको निर्देशनमा बनिरहेको चलचित्र, तामिल चलचित्र ‘विक्रम वेधा’को आधिकारिक हिन्दी रिमेक हो l टिसिरिज, रियलाइन्स इन्टरटेनमेन्ट, फ्राईडे फिल्मवर्क र वाई नट स्टुडियोको व्यानरमा निर्माण भएको चलचित्रमा ऋतिक सँगै सैफ अली खान र राधिका आप्टे पनि मुख्य भूमीकामा रहेका छन् l आउँदो सेप्टेम्बर ३०बाट प्रदर्शनमा आउने भनिएको चलचित्रको तामिल भर्सनमा विजय सेतुपथी र आर माधवन मुख्य भूमिकामा रहेका थिए l