एलएलबी प्रथम वर्षको प्रवेश परीक्षाको आवेदन खुल्यो

काठमाडौँ - एलएलबी प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा आवेदन फाराम खुलेको छ। त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यालयले एक सूचना जारी गर्दै परीक्षा फाराम भर्ने समय वैशाख १० गतेदेखि जेष्ठ ९ गतेसम्म तोकेको हो।

प्रवेश परीक्षा फाराम तथा परीक्षा दस्तुर एक हजार दुई सय लाग्ने छ। न्यूनतम शैक्षिक योग्यता त्रि विबाट मान्यता प्राप्त शिक्षणसंस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। प्रवेश परीक्षा जेठ २७ गते बिहान ११ बजेदेखि २ बजेसम्म हुने छ। परीक्षा सम्बन्धित कलेजहरूबाट तोके अनुसार हुने सूचनामा उल्लेख छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×