अष्ट्रेलिया भ्रमण सकेर भूमिकासँगै नेपाल फर्किए प्रकाश दूतराज

काठमाडौँ - गायक प्रकाश दूतराज र गायिका भूमिका गिरी अष्ट्रेलियाको सांगीतिक यात्रा सकेर नेपाल फर्किएका छन्। उनीहरू करिब १ महिना अष्ट्रेलियाका विभिन्न सहरमा सांगीतक कार्यक्रममा सहभागी भएका थिए।

अष्ट्रेलियामै रहेका बेला दूतराजले आत्महत्या प्रयास गरेको समाचार विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका थिए। प्रकाशसँगै रहेकी भूमिकाले उक्त खबर मिडियाहरूलाई दिएकी थिइन्। पछि उनीहरू दुवैले समाचारको घुमाउरो खण्डन गरेका थिए।

प्रकाश र भूमिका ‘चोली मैलै भो…’ बोलको गीतबाट चर्चामा आएका हुन्। प्रकाशका भने थुप्रै हिट गीत छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×