काठमाडौँ - हलिउडको डीसी युनिभर्सले नयाँ स्टार पाउने देखिएको छ। हलिउड रिपोर्टर म्यागजिनका अनुसार सन् २०१९ को ब्लकबस्टर फिल्म ‘जोकर’को दोस्रो श्रृंखलामा गायिका तथा अभिनेत्री लेडी गागाको प्रवेश हुने पक्का छ।
टड फिलिप्सले निर्देशन गर्ने ‘जोकरः फोली अ ड्युक्स’लाई म्युजिकल ड्रामा बताइएको छ। जुन ७ मा निर्देशक फिलिप्स र अभिनेता ज्याकिन फिनिक्सले दोस्रो श्रृंखला निर्माणको जानकारि दिएका थिए।
फिल्मको अघिल्लो भागले विश्व बक्स अफिसमा एक बिलियन डलर कमाइ गरेको थियो। निर्माण कम्पनी वार्नर ब्रोजसँग यदि सम्झौता भए गागाले डीसी पात्र क्वीनको भूमिकामा अभिनय गर्नेछिन्।
गागाको प्रवेश र म्युजिकल ड्रामा हुने खबर बाहिरिएपछि जोकर सिक्वेललाई लिएर चर्चा बढिरहेको छ। फिलिप्सले सन् २०१८ मा निर्माण गरेको ‘अ स्टार इज बर्न’मा लेडी गागाको मुख्य भूमिका रहेको थियो।