त्रिभुवन विमानस्थलबाट ५५ किलो गाँजा बरामद

काठमाडौं । अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको छ । १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा गाजा शुक्रबार राति भन्सार जाँच हुनुअघि बरामद गरिएको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेका अनुसार ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँदैछ भन्ने सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको थियो । त्यसक्रममा एउटा फर्मको नाममा आएको कार्टुनमा चेकजाँच गर्दा गाँजा भेटिएको थियो । उक्त बरामद भएको गाजाको तौल ५५ केजी रहेको विमानस्थल भन्सारले जनाएको छ ।

उक्त फर्म र गाँजाबारे थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई जिम्मा लगाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×