भारत। भारतीय मनोरंजन जगतकी लोकप्रिय कमेडीयन भारती सिंहले आफ्नो हास्यव्यंग्य कलाले आफ्नो बेग्लै पहिचान बनाएकी छिन्। आफ्नो हास्यव्यंग्यका कारण चर्चामा रहने भारती पछिल्लो समय आमा बन्ने कुराले चर्चामा रहेकी छिन्। हर्ष लिंबाचियासँग वैवाहिक बन्धनमा बाँधिएकी भारतीले आफु गर्भवती रहेको कुरा विशेष तरिकाले बताएकी थिइन्। जसको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो।
अब भारतीले आफ्नो बेबी बंपको एक तस्विर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् र प्रशंसकहरूलाई छोरा या छोरी भन्ने प्रश्न सोधेकी छिन्। जसको जवाफमा प्रशंसकहरूले बिभिन्न कमेन्ट गरिरहेका छन्।