फिजीमा आँधीका कारण चार हजार विस्थापित

सुभ। आँधीका कारण फिजीका चार हजार ६३० जना विस्थापित भएका छन्। उनीहरुलाई देशका विभिन्न ठाउँमा बनाइएका १६२ ओटा शिविरमा राखिएको पनि अधिकारीहरुले जानकारी दिएका छन्। 
राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले ११५ ओटा शिविर भिटी लेभुको पश्चिमी क्षेत्रमा स्थापना गरिएको जनाएको छ। त्यसैगरी भानुआ लेभुको मध्य भागमा ४२ ओटा र उत्तरी भागमा पाँच ओटा शिविर बनाइएको पनि अधिकारीहरुले जनाएका छन्।
“उनीहरुलाई शिविरमै राख्ने भन्ने हैन, विस्थापित भएकाहरुलाई जति सक्दो चाडो हामी आफ्नै घर फर्काउन चाहन्छौँ,” एक सरकारी अधिकारीले भने। विस्थापित भएकाहरुलाई अस्थायी बसोबास, खानसँगै न्युनतम अत्यावश्यक सेवाहरु पनि उपलब्ध गराइने उनीहरुको भनाई छ। हरेक बर्षको नोभेम्बरदेखि अप्रिलसम्ममा फिजिमा आँधी आउने र ठूलो जनधनको क्षति हुने गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×