पहिलोपटक एनओसी अवार्ड वितरण हुने

काठमाडौँ - नेपाल ओलम्पिक कमिटीले बिहीबार ‘ओलम्पिक डे’ को अवसरमा एनओसी अवार्ड वितरण गर्ने भएको छ। यसक्रममा नेपाली खेलकुदसँग जोडिएको नौ विधामा अवार्ड प्रदान गरिनेछ। कमिटीले यस प्रकारको अवार्ड कार्यक्रम गर्न लागेको यो पहिलोपल्ट हो। 

‘हामीले नेपाली खेलकुदसँग जोडिएका विभिन्न नौ विधामा अवार्ड प्रदान गर्नेछौं र यसका लागि सबै तयारी पूरा गरिसकेका छौं। हामीलाई विश्वास छ, यो नेपाली खेलकुदमा प्रतिष्ठित अवार्डका रूपमा स्थापित हुनेछ’, कमिटीका सदस्य तथा एनओसी अवार्ड कमिटीका समन्वयकर्ता गोपाल सुन्दरलाल कक्षपतिले भने, ‘यो अवार्ड पाउनेका लागि प्रोत्साहन हुनेछ भने नयाँ पुस्ताका लागि प्रेरणा पनि रहनेछ'।

अवार्ड उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कष्ट पुरुष र महिला प्रशिक्षक तथा उत्कृष्ट संघ गरेर पाँच विधामा प्रदान गरिनेछ। यस्तै अरू चार विधा खेल पत्रकारितासँग जोडिएका छन्। त्यसमा उत्कृष्ट पत्रकार प्रिन्ट, मल्टिमिडिया, भिजुअल मिडिया र फोटो पत्रकारिता रहेका छन्। प्रत्येक अवार्ड विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×