महंगो पारिश्रमिक लिनेको फिल्म पनि आएकै होः आँचल शर्मा

काठमाडौँ - फिल्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ गते एकैदिन रिलिज हुने तयारीमा छन्। यो जुधाइको अर्थ बक्स अफिस प्रतिस्पर्धा समेत हो। यस्तोमा स्टारडमको अर्थ हुन्छ।

‘झिंगेदाउ’मा आँचल शर्मा र केकी अधिकारीको मुख्य भूमिका छ भने ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्माको। यी अभिनेत्री घरेलु बक्स अफिसमा चल्तीका कलाकार समेत हुन्।

‘सम्हालिन्छ कहिले मन’बाट पूजाले २० लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा नयाँ रहेन। पूजाको यसै महिना रिलिज भएको फिल्म ‘सम्झना बिर्सना’ भने बक्स अफिसमा पूर्णतः असफल रह्यो। महंगी अभिनेत्री भएर पनि फिल्म असफल भएपछि उनको स्टारडममा प्रश्न खडा त हुने नै भयो।

‘झिंगेदाउ’ अभिनेत्री आँचलले यही सन्दर्भमा कुरा उठाउँदै पूजालक्षित कटाक्ष गरेकी छिन्। बढी पारिश्रमिक लिने कलाकारले नभई फिल्म आफैंमा राम्रो भए मात्र चल्ने आँचलको तर्क रहेको छ।

‘महंगो पारिश्रमिक लिनेको फिल्म पनि आएकै हो,’ आँचलको तर्क छ, ‘कलाकारले गर्दा फिल्म चल्ने वा नचल्ने भन्ने कुरा सेकेन्डरी हो। फिल्म आफैंमा राम्रो हुनुपर्छ भन्ने कुरा हामीले अहिले धेरै भोगिसकेका छौं। धेरै राम्रा कलाकारको फिल्म आएको हो नि त हाम्रो अघि।’

‘बक्स अफिसमा हिट दिने कलाकारको फिल्म पनि आएको हो। बढी पारिश्रमिक लिने कलाकारको फिल्म पनि आएको हो। कलाकारको मेहनत सुटिङसम्म रहेछ भन्ने बुझियो,’ आँचल भन्छिन्, ‘मेरो फिल्म पनि राम्रो हुनुपर्छ र अरुको जुधेको पनि छ भने त्यो पनि राम्रो हुनुपर्छ। हामी दुवैको फिल्म राम्रो भए समग्र फिल्म क्षेत्रलाई राम्रो हुन्छ। बलिउड र हलिउडसँग जुध्नुभन्दा त नेपालीसँगै जुध्नु राम्रो हो।’

‘शुक्रबार र शनिबारलाई हेर्दा फिल्म राम्रो भए मात्र आइतबार चल्ने हो रहेछ। मानिलिऔं शुक्रबार कलाकारले हलमा मान्छे आए रे, त्यसपछि त माउथ पब्लिसिटी हो। राम्रो छैन भन्ने लागेपछि त मान्छेहरु जाँदैनन्। मेरो चीजमा म विश्वस्त छु,’ आँचल भन्छिन्।

ज्ञानेन्द्र देउजा निर्देशित झिंगेदाउ भीमनिधि तिवारीको कृतिमा आधारित छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×