कोरोनाविरुद्धको खोप लगाउन गाउँ–गाउँमा घुम्ती शिविर

काठमाडौँ । कालीकोटमा कोरोनाविरुद्धको खोप लगाउन गाउँ गाउँमा घुम्ती शिविर सुरु गरिएको छ। 

सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो। स्वास्थ्य कार्यालयको आयोजनामा जिल्लाका स्थानीय तहको समन्वयमा जिल्लाभर कोरोना विरुद्धको खोप लगाउन शिविर सञ्चालन गरिएको हो। घुम्ती शिविर सञ्चालन, विद्यालय र स्थानीय स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको खोप कार्यक्रमलाई तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रत्नवीर सुनारले बताए।

जिल्लामा हालसम्म एक लाख २७ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ। खोपको पहिलो मात्रा लगाउने ८१ हजार ९५३, दोस्रो मात्रा लगाउने ४५ हजार ८०७ तथा बुस्टर डोज लगाउने ३४० जना रहेको उनले जानकारी दिए। “खोप अभियानलाई जिल्लाभर तीव्र पारेका छौँ”, उनले भने।

कर्णाली राजमार्ग वरपरको क्षेत्रका जितेगडा र लालीगाघाट बजार क्षेत्रमा खोप अयियान सञ्चालन गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×