काठमाडौँ - लमजुङ फुटबल क्लब (एफसी) ले प्रथम राईनास सेवा समाज खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ।
गोंगबुस्थित मनाङ मर्स्याङ्दी फुटसलमा शनिबार भएको फाइनलमा ढुकु फुटसललाई ३-१ ले पराजित गर्दै लमजुङ एफसीले उपाधि जित्न सफल भएको हो। उपाधिसँगै लमजुङ एफसीले ६० हजार रुपैयाँ र शिल्ड जितेको छ। दोस्रो भएको ढुकुले ३० हजार रुपैया हात पारेको छ। मुस्कान एफसी अनुशाषित टिम बनेको छ।
विजयी टोली तथा खेलाडीलाई राईनास सेवा समाजका अध्यक्ष विक्रम तामाङ र प्रतियोगिता संयोजक कृष्ण तिवारीलगायतले पुरस्कृत गरेका छन्। नकआउटको आधारमा भएको एक दिने प्रतियोगितामा २१ टोलीको सहभागिता रहेको बलराम गुरुङले जानकारी गराएका छन्।