धन सम्पत्तिका लागि दिइयो दुई महिलाको ‘बलि’

काठमाडौँ - भारतको केरलाको पथनमथिट्टा जिल्लामा आर्थिक समृद्धिका लागि दुई महिलाको बलि दिइएको घटना सार्वजनिक भएको छ। भारतीय पत्रिका द हिन्दूमा प्रकाशितसमाचारका अनुसार केरलाका दुई जिल्लाको प्रहरीले दुई महिला पद्मम र रोजाली बेपत्ता भएको विषयमा केही समयदेखि अनुसन्धान गरिरहेको थियो।

यस सम्बन्धमा कोच्ची सिटी प्रहरीले एक दम्पती भगवल सिंह र लैलासँग शफी उर्फ रशिदलाई हिरासतमा लिएको छ र यी तीनजनामाथि भएको सोधपुछमा प्रहरीले यसबारे चकित पारिदिने जानकारी पाएको छ। कोच्चि सहरका प्रहरी उपरीक्षक सीएच नागराजू भन्छन्, ‘पद्मको हत्या सेप्टेम्बरको अन्तिम साता भएको थियो। जबकि अर्की महिलाको जूनमा हत्या भएको थियो।

यी तिनै जनाले महिलालाई बर्बर ढङ्गले हत्या गरेर उनीहरुको शवलाई आफ्नै घरमा गाढे। अभियुक्तले आफ्नो सबै अपराध स्वीकार गरे र हामीले उनीहरुको बयानलाई पुष्टि गरेका छौँ।’ हालसम्म प्राप्त जानकारीका अनुसार शफी र भगवल सिंह आर्थिक समस्यासँग जुधिरहेका थिए।

भगवल सिंहलाई आर्थिक संकटसँग जुध्न मानव बलि दि सल्लाह दिइयो, जसलाई शफीले प्रोत्साहित गरे। यसपछि शफीले केही पैसाको बदलामा महिलालाई ल्याए।

शफीले ती महिलालाई जागिर र आर्थिक फाइदाको प्रलोभनमा पारेका थिए। प्रहरीले अभियुक्तको घरमा गाडिएको शवको डीएनए परीक्षण गरी पीडितको पहिचान पुष्टि गर्नेछ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×