अर्को वर्ष मात्रै हुनेछ राजा चार्ल्स तृतीयको राज्याभिषेक

काठमाडौँ - राजा चार्ल्स तृतीयको राज्याभिषेक अर्को वर्ष हुनेछ। यसका लागि ६ मे २०२३ को मिति तय गरिएको छ। राज्याभिषेक कार्यक्रम वेस्टमिन्स्टर एबेमा शाही समारोह आयोजना हुनेछ। बकिङ्घम प्यालेसले यसबारे जानकारी दिएको हो। शाही परिवारको एक ट्वीटमा भनिएको छ – राजा चार्ल्स तृतीयको राज्याभिषेक शनिबार ६ मे २०२३ मा वेस्टमिन्स्टर एबेमा हुनेछ।

समारोहमा राजा चार्ल्स तृतीयका साथै द क्वीन अफ कन्सोर्ट अर्थात् उनकी श्रीमती क्यामिलाको पनि राज्याभिषेक हुनेछ। स्मरण रहोस्, यसअघि रानी एलिजाबेथले पनि राज्याभिषेकका लागि करिब १६ महिना प्रतीक्षा गर्नुपरेको थियो। फेब्रुअरी १९५२ मा पिताको निधन भएपछि उनी रानी बनेकी थिइन् तर जुन १९५३ मा उनको राज्याभिषेक भएको थियो।

राज्याभिषेकका बेला राजा चार्ल्स ७४ वर्षको हुनेछन्। नयाँ ताज पहिरिने उनी सबैभन्दा पाका राजा हुनेछन्। उनको राज्याभिषेकको मितिमा उनका नाती आर्चीको पनि चौथो जन्मदिन पर्छ। आर्ची ह्यारी र मेगनका छोरा हुन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×