एमाले महाधिवेशन : अध्यक्ष पदमा केपी ओलीको उम्मेदवारी दर्ता

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । 

चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । 

आइतवार राति अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । सोही घोषणा अनुसार उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

एमाले अध्यक्षका लागि यसअघि नै उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×